पूर्वाञ्चल खबर
फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा बिहिवार भएको पहिलो खेलमा सुन्दरहरैचाको पूर्वाञ्चल एकाडेमिलाई २–० गोलले पराजित गरि डनबस्को स्कुल सेमिफाइनलमा पुगेको हो ।
जितको लागि डनबस्कोका विराट रेग्मी र उमेश कामतले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पूर्वाञ्चालका गोल किपर आदित्य लिम्बू घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा विराटनगरको दिल्ली पब्लिक स्कुललाई १–० गोलको अन्तरले एभरेष्ट स्कुल समेफाईनलमा पुगेको हो । जितको लागि एभरेष्टका सक्षम श्रेष्ठले गोल गरेको थिए । खेलको म्यान अफ द म्याच एभरेष्टका गोल किपर अशोदिप खड्का घोषित भए ।
शुक्रबारको पहिलो खेल सेमिफाइनल गोदावरी र डनबस्को हुनेछ । सोहि दिन हुने दोस्रो खेलमा जनक र एभरेष्ट स्कुल बिच हुनेछ ।