पूर्वाञ्चल खबर
आज प्रदेश १ सभामा विश्वासको मतका लागि भएको मत विभाजनमा राईका पक्षमा ५० मत खसेको छ । विपक्षमा २९ मत खसेको छ ।
नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका ३९ मध्ये १० जना सांसद अनुपस्थित भएका छन् । ४१ जना सांसद रहेको नेकपा एकालेका एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ ।
यो सँगै प्रदेशसभाको वैठक अर्काे सूचना नभएसम्मको लागि स्थगित भएको छ ।