विराटनगर, फागुा ११ /विराटनगर– ३ मा रहेको सिटी कलेजले आज २० औं बार्षिकोत्सवको अवसरमा विराटनगरको विरेन्द्र सभागृहमा विभिन्न विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
कलेजले बार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा कक्षा ११ मा कलेज टप गर्ने टिकाप्रसाद भण्डारी, बिबिएस प्रथम बर्षका टपर छविलाल भण्डारी र प्लस टु टपर भुवन दाहाललाई सम्मान गरिएको हो । उनीहरुलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.घनश्यामलाल दास र कलेजका निर्देशक अच्युतराज कट्टेलले सम्मान गरेका थिए ।
कलेजमा अध्ययनरत विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरि सहभगि अतिथि तथा अविभावकलाई दिन भर मनोरञ्चन दिएका थिए ।
कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासले सिटी कलेजले गुणस्तरीय शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे । हिसान मोरङका अध्यक्ष बलराम पन्त, मेरील्यान्ड कलेजका भेषराज पोखरेल लगायतले सिटी कलेजले शिक्षाको गुणस्रीयतामा कुनै सम्झौता नगरेको बताए ।