खबर पूर्वाञ्चल
कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गको आयोजनामा मोरङको कानेपोखरी गाउँपालिका– ६ स्थित जनसेवा माविको खेलमैदानमा उक्त प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।
पहिलो दिन इस्पारिङ र प्याटनतर्फको विजेता घोषणा गरिएको छ । इस्पारिङ जुनियर महिला तर्फ २०/२५ केजी तौल समूहका प्रथम सुनसरीका सदिक्षा राई, द्धितीय आयोजक सुनिता तामाङ, तृतीय सुवानी राजभण्डारी र जेनिसा धिमाल भइन् । यस्तै पुरुषतर्फको सिनिय ५०/५५ तौलसमूहको प्रथम सुनसरीका अनोज राई, द्धितीय झापाका मनिष श्रेष्ठ, तृतीय आयोजकका हरी श्रेष्ठ र मोरङका अर्जुन गिरी घोषित भए ।
यसैगरि पहेलो प्याटनतर्फको प्रथम आयोजकका बेनिसा धिमाल, द्धितीय मोरङकी प्रिन्सा कार्की भइन् । महिला हरियो बेल्डतर्फ प्रथम आयोजक स्वतिका माझी घोषित भइन् । यस्तै पुरुषतर्फको पहेलो पेटी प्याटन तर्फको प्रथम आयोजकका आर्यन राई, मोरङका मन्दिप माझी द्धितीय भए । यस्तै पुरुषतर्फको हरियो पेटी प्याटनतर्फको प्रथम आयोजक रिवाज फुयल, द्धितीय मोरङका बिशाल खत्री घोषित भए । यसैगरि पुरुष निलो पेटी प्याटनतर्फको प्रथम आयोजकका आशिष भूजेल भए । पुरुषको रोतो पेटी प्याटनतर्फको प्रथम आयोजकका निश्चल लिम्बु घोषित भए ।
प्रतियोगिता अन्तर्गत अन्य विभिन्न विधाको फाइनल शनिबार हुनेछ । दुईदिनसम्म संचालन हुने प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुर, झापा, ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभा, तेह्रथमु, धनकुटा, भोजपुर, खोटाङ, र आयोजक कानेपोखरी गरि २५० खेलाडी सहभागि छन् । जसमा ९६ जना महिला खेलाडी छन् ।
प्रतियोगिताको उद्घाटन कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले गरे । कार्यक्रममा नेपाल आइटिएफका अध्यक्ष अन्जन धमला, नेपाल राष्ट्र मार्सल आट गेम्सका अध्यक्ष प्रविण कार्कीलगायतका उपस्थित रहेको थियो ।