AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ कार्तिक २०७८, सोमबार १४:५२
1.51k
Shares
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेका छन् ।

आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभासमक्ष सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले राजीनामा घोषणा गरेका हुन्।

मुख्यमन्त्री आचार्यले राजीनामा दिएसँगै आजको कार्यसूचीमा मतदान प्रक्रिया अघि बढाउनु नपरेको बताउँदै सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १६ गतेसम्मका लागि सभा बैठक स्थगित भएको घोषणा गरे।

राजीनामा घोषणाअघि मुख्यमन्त्री आचार्यले एक घण्टा सम्बोधन गरेका थिए । जनताले आफ्नो सरकारको निरन्तरता चाहेको बताउँदै उनले संसदीय अङ्कगणितमा मेल नखाएकाले राजीनामा दिने घोषणा गरे ।

आचार्यले विश्वासको राजीनामा दिएसँगै अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

गठबन्धनले भावी मुख्‍यमन्त्रीका रूपमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई अघि सारेको छ। सरकार गठनका लागि कम्तीमा ४७ सदस्‍य आवश्यक पर्दछ। विपक्षी गठबन्धनले आफूहरूसँग ५० सांसदको समर्थन रहेको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर