AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा थप १४७ जनामा संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ कार्तिक २०७८, सोमबार १८:३१
540
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ र १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १०, खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४०, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, कानेपोखरी, बेलबारी, रतुवामाई र स्थानीय तह नखुलेका २–२, ग्रामथान र पथरीशनिश्चरेमा १–१, झापाको विर्तामोडमा १३, दमकमा १०, भद्रपुरमा ७, कनकाईमा ६, कमल गाउँपालिकामा ५, शिवसताक्षी र अर्जुनधारामा २–२, मेचीनगर, बाहृदशी, कचनकवल, गौरादह, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको इटहरीमा ४, धरानमा २, इनरुवा, बराहक्षेत्र, गढी र हरिनगरमा १–१, खोटाङको जन्तेढुङ्गा, उदयपुरको चौदण्डीगढी, पाँचथरको फिदिम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २० महिला र २३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर