पूर्वाञ्चल खबर
आज विराटनगर–१२ स्थित लेखनाथ वाचनालयमा आयोजित कार्यक्रममा हालै सम्पन्न अधिवेशनबाट महानगर सदस्यमा निर्वाचित लालबहादुर कार्की (गोपाल), महेश हमाल र गायत्रीकुमारी दासलाई अविर र माला लगाएर शुभकामना दिइएको थियो ।
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्की, नेपाली कांग्रेस क्षेत्र नम्बर ६ (ख) का सभापति जितेन्द्र गोल्छा, विराटनगर १२ का बुथसभापति हरिनारायण यादव, सचिव ज्ञानेन्द्र खड्का, क्षेत्रीय प्रतिनिधि प्राध्यापक डाक्टर टुनराज भट्टराईलगायतले शुभकामना व्यक्त मन्तव्य गरे । उहाँहरुले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी वडादेखि नै संगठन विस्तार गर्नुपर्नेमा जोड दिए ।
बुथ सभापति हरिनारायण यादवले शिवबहादुर अधिकारीलाई वडा कार्यसमितिको कोषाध्यक्षमा मनोनित गरिएको घोषणा गरे । बुथ समितिले दसैं र तिहारका अवसरमा शुभकामना आदानप्रदानसँगै क्रियाशील भेलासमेत गर्र्ने भएको छ ।