पूर्वाञ्चल खबर
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३, इलाममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।
झापाको विर्तामोडमा १८, शिवसताक्षी र कनकाईमा १५–१५, अर्जुनधारामा १२, दमकमा ७, भद्रपुर र गौरादहमा ५–५, मेचीनगरमा ८, झापा गाउँपालिका र कमल गाउँपालिकामा ३–३, हल्दिबारी, बुद्धशान्ति र कचनकवलमा १–१, सुनसरीको इटहरीमा २७, धरानमा ७, बराहक्षेत्रमा २, इनरुवा र रामधुनीमा १–१ जनामा संक्रमण देखिएको छ ।
यता मोरङको विराटनगरमा १७, उर्लाबारीमा ६, सुन्दहरैचामा ३, बेलबारी, पथरीशनिश्चरे र ग्रामथानमा २–२, रतुवामाईमा १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३६ महिला र १४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।