AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश लोकसेवा आयोग बार्षिक प्रतिवेदन हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ भाद्र २०७८, सोमबार १५:०६
360
Shares
मनोज दाहाल
विराटनगर /प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’लाई प्रदेश लोक सेवा आयोगको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन आज वुझाइएको छ ।

उनलाई प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४ बमोजिम स्थापित लोकसेवा आयोग ऐन ,२०७६ को दफा ४९ बमोजिम दोस्रो सम्पादित कार्यहरुको प्रतिवेदन बुझाइएको छ।

प्रतिवेदनमा आयोगको परिचय, कार्यसम्पादनका आधारहरु, प्रशासनिक, वित्तिय तथा भौतिक प्रगति, परीक्षण प्रविधि , शैक्षिक योग्यता र पाठयक्रम, विज्ञान र दरखास्त, परामर्श, संस्थागत सुधार तथा प्रविधिको प्रयोग, निर्णय तथा कार्यान्वयनको अवस्था, एवं ध्यानाकर्षण र सुझाव समेटिएको छ।

उक्त अवधिमा प्रदेश लोक सेवा आयोग( कार्य सञ्चालन) निर्देशिक, २०७७ स्वीकृति, प्रदेश लोक सेवा आयोग(खर्च व्यवस्थापन) कार्यविधि, २०७७ स्वीकृत,प्रदेश लोक सेवा आयोगका पदाधिकारी, कर्मचारी, एवंम दक्ष विज्ञ तवा बिशेषज्ञहरुको आचारसंहिता २०७७ स्वीकृत, विभिन्न सेवा समूहका पदहरुको ५९ बटा पाठयक्रम निर्माण गर्ने कार्य सम्पन्न गरिएको छ।

यस गरी अन्य सम्पादित कार्यहरुमा विभिन्न १३२ पदका लागि बिज्ञापन प्रकाशन र २० हजार १२० दखास्त संकलन, रु ४४ लाख ३२ हजार राजश्व संकलन, ९१ बटा विभिन्न महत्वपूर्ण निर्णय, बिभिन्न बिषयमा तीन वटा परामर्श प्रदान, ६५ प्रतिशत वित्तीय प्रगति , अनलाइन सफट्वेयर जडान र आव २०७८ः७९ को लागि पदपूर्ति सम्वन्धी बार्षिक कार्य तालीम प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ।

प्रदेश प्रमुख अधिकारीले प्रतिवेदन ग्रहण गर्दै सम्पूर्ण नागरिकहरुमा अहिलेसम्म लोक सेवा आयोग निश्पक्षता सम्वन्धमा कुनै शंका नरहेकोले यसलाई सदैव जोगाई राख्न आग्रह गरे । उनले सदाचार र अनुशासित संस्थाको रुपमा रहेको आयोगको निश्पक्षताले दरखास्तकर्ता नागरिकहरुमा प्रतिस्पधा र उत्साह जागृत गराएको छ भन्दै यस भित्र रहेको विभिन्न समस्यालाई समाधान गर्दै आगाडि वढनु पर्ने आवश्यक्त्ता रहेको बताए ।

आयोगका अध्यक्ष भट्टराईले यस वर्ष अनलाईन दरखास्त संकलनको व्यवस्था शुरु गरेको जानकारी दिदै खाली भएको दरवन्दी माग भएपनि सवन्धित निकायबाट समयमा नआउनाले समस्या भएको चर्चा गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर