पूर्वाञ्चल खबर
पक्राउ परेका गिरोहको सञ्जालले बेलबारी नगरपालिका भित्रका होटल संचालन गरि अवैध लागूऔषधको कारोबार पनि गर्ने गरेको प्रहरीले तथ्य फेला पारेको छ । इलँका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीलले अवैध गाँजाको कारोबारी गर्ने बेलबारी १ का ३२ वर्षिय ज्ञानबहादुर राई र धनकुटाका २६ वर्षिय महेश्वर राईलाई मंगलबार १९ केजी ६ सय ५० ग्राम गाँजासहित पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।
पक्राउ परेका मध्ये मुख्य कारोबारी सन्तोष रहेको खुलेको छ । सन्तोष र ज्ञानबहादुर दाजुभाई हुन् । दाजु ज्ञानबहादुरको बेलबारीमा ग्रिन कटेज नाम रहेको होटल रहेको छ । उक्त होटलमा गाँजाको गोप्य रूपमा कारोबार हुने गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ । भाई सन्तोषले दाजु ज्ञानबहादुरालाई गाँजा दिने र कुलतमा लागेकाहरूलाई बिक्री वितरण गर्ने गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका तीन जनालाई लागूऔषध मुद्दामा म्याद थप गरि अहिले अनुसन्धान गर्दै आएको उनले जानकारी दिए ।