खबर पूर्वाञ्चल
हारको संघारमा पुगेका नेपाललाई उनीहरुले धैर्यतापूर्वक ब्याटिङ गर्दै जिततर्फ पुर्याएका थिए । ओमानमा आज भएको खेलमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९ दशमलव ३ बलमा ८ विकेट गुमाएर लक्ष भेट्टायो । रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भए भने रोमपाल २२ रनमा अविजित रहे । त्यस्तै आषिफ शेखले ३० रन र कुशल भुर्तेलले १५ रन बनाए । दुवैले एकदिवसीय खेलमा डेब्यू गरेका हुन् ।
मध्यक्रमका ब्याट्सम्यान लगातार आउट भएको अवस्थामा रोहित र सोमपालले सम्हालिएर ब्याटिङ गरेपछि नेपालको जित सम्भव भएको हो । कप्तान ज्ञानेन्द्र मल्लले २० बल खेल्दा ६ रन मात्र जोड्न सके । यस्तै आरिफ शेख १९ बल खेलर ९ रन बनाएर आउट भए । शरद भेषवाकारले २२ बलमा ६ रन मात्र जोड्न सके। कुशल मल्ल १ रनमा आउट हुँदा पवन सराफ डकआउट भए ।
पिएनजीका गौडी टोकाले ३ विकेट लिन्दा डामियन राभू र चाड सोपरले २–२ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो । पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए लिँदा विक्रम शोव र कुशल मल्लले २–२ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे ।
पिएनजीका लागि लेगा सैकाले सबैभन्दा बढी ३० रन जोडे ।
नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअघि पिएनजीसँग एकदिवसीय खेल खेलेको हो । नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ ।
सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ । सिरिजमा नेपालले ओमान र अमेरिकासँग द्द–२ खेल खल्नेछ ।
विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस (युएई) रहेका छन् ।
लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग २–२ खेल खेलिसकेको छ । नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ ।