AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्स अवस्थामा हत्या गरिएको शव भेटियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ भाद्र २०७८, सोमबार १३:२५
1.35k
Shares
संखुवासभा / प्रदेश १ को पहाडी जिल्ला संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स अवस्थामा हत्या भएको शव आज विहान  पौने १० बजे भेटिएको छ ।

मादी नगरपालिका–१ खोलागाउँका ९३ वर्षीय बौद्धमान कार्कीको परिवारका सदस्यहरूको हत्या भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईका अनुसार बौद्धमानका श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, तेजबहादुरका नाती ११ वर्षिय दिपेन कार्की र तेजबहादुरकी नातीनी ७ वर्षीया गोमा कार्की छन् ।

शव भेटिएपछि स्थानीयले खबर गरेका थिए । शव विभत्स अवस्थामा रहेको प्रहरलिे जनाएको छ । प्रहरीका अनुसार बौद्धमान भने सकुशल रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर