AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको अस्पतालमा उपचार गर्न आउँने विरामी ठग्ने १० जना विचौलिया पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ भाद्र २०७८, बुधबार १६:१४
1.77k
Shares
विराटनगर / विराटनगरको अस्पतालमा उपचार गराउन गएका विरामीहरुलाई विभिन्न अफवा तथा वहानामा पारी आफ्नो सम्पर्कमा रहेका अस्पताल तथा फार्मेसीमा औषधी किन्न तथा उपचार गराउन बाध्य पार्ने १० जना विचौलियालाई प्रहरीले विराटनगरको दुई ठूला हस्पिटलअगाडिबाट पक्राउ गरेको छ ।

उनीहरुलाई विराटनगरको नोबेल मेडिकल कलेज र कोशी अस्पताल अगाडिदेखि प्रहरीले मंगलबार राती पक्राउ गरेको हो ।

नोवेल अगाडिदेखि ७ र कोशी अस्पतालअगाडिदेखि ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । नोबेलअगाडिदेखि पक्राउ पर्नेमा कृपा फार्मेसीका मोहमद समिर, सुजित यादव, यूनि कियर फार्मेसीदेखि रोशन गुप्ता, दाजुभाई फार्मेसीका अमित यादव, क्याटलाइसेस फार्मेसीका मोहमद सिराद, एपी फर्मेसीका फिरोज रोय र अलि फार्मेसीका विश्वास मण्डल रहेका छन् ।

नोबेलअगाडिदेखि पक्राउ परेका फार्मेसीमा काम गर्ने हुन् । यस्तै कोशी अस्पताल अगाडिदेखि श्रीराम चौधरी, सूर्यनारायण यादव र मो।जली रहेको प्रहरीले जनाएको छ । उनीहरू कुन फार्मेसीका हुन् भन्ने खुलेको छैन ।

ठूला हस्पिटल जान लागेका बिरामीलाई बीचमै विभिन्न आश्वासन देखाएर कमिसन पाउने लोभमा पक्राउ परेकाले क्लिनिक र अस्पतालमा लैजाने गरेको एसपी जिसीले बताए । ‘पक्राउ परेकाहरूले अस्पतालअगाडि बसेर विभिन्न बाहाना बनाउने आफू अनुकूलको अस्पताल पु¥याउने र औषधी किन्न पनि आफूले कमिसन पाउने फार्मेसी मै लैजाने गरेको देखिएको छ,’ एसपी जिसीले भने ।

प्रहरीले यसअघि पनि अस्पतालअगाडि बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै अस्पताल लैजान भूमिका खेल्ने विराटनगर–८ अमरटोलका १८ वर्षीय प्रधुम्न राय र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका राय र साह विराटनगरस्थित न्यूरो हस्पिटलअगाडिको ज्ञानु फार्मेसीमा काम गर्ने हुन् । उनीहरूले ठूला अस्पताल आएका विरामीलाई विभिन्न प्रलोभन देखाएर आफू अनुकूलको अस्पताल लैजाने गरेको प्रहरीले जनाएको छ ।

मंगलबार राती पक्राउ परेका १० जनालाई मोरङ प्रहरीले म्याद थप गर्न लैजाने तयारी गरेको छ । स्रोतले दिएको जानकारी अनुसार प्रहरीले पक्राउ परेका १० जनालाई अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरि अनुसन्धान गर्ने तयारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर