खबर पूर्वाञ्चल
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठकले गाईजात्रामा नेवार समुदायका लागि देशभर बिदा दिनेसमेत निर्णय गरेको उनले जानकारी दिए ।
भदौ ७ गते गाईजात्रा छ । यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।