AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नक्कली डाक्टर विराटनगरको कोशी अस्पतालबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ भाद्र २०७८, मंगलवार १७:११
14.96k
Shares
विराटनगर / मोरङ प्रहरीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । मदिरा सेवन गरेर सोमबार राती १२ बजे विराटनगरस्थित कोशी अस्पतालको गाइनो वार्डमा विरामी परीक्षण गर्ने विराटनगर ६ सरौचियाका ३८ वर्षिय अमृत बानियालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका बानियालाई ‘अभर्द व्यवहारको मुद्दा’ मा म्याद थप गरेर अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘मदिरा सेवन गरेपछि नक्कली डाक्टर बनेर कोशी अस्पतालमा विरामीको स्वास्थ्य जाँच गरेको पाइएको छ,’ डिएपी श्रेष्ठले भने, ‘पक्राउ परेका बानियालाई म्याद थप गरि अनुसन्धान सुरू गरेका छौं ।’

कोशी अस्पतालले पनि पक्राउ परेका बानियालाई आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएको मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘मध्य राती अस्पतालमा आएर नक्कली डाक्टरको भेषमा अभर्द व्यवहार गरेपछि अस्पतालको छिमेकी प्रहरीले पक्राउ गरेको रहेछ,’ मेसु दासले भने, ‘आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएका छौं । प्रहरीले थप कारवाही गर्नेछ ।’ पक्राउ परेका बानियाले गाइनो वार्डको वेस्टिङ्ग रूपमा पुगेर विरामीको सम्बेदनसिल अंगमा पनि छोएको आरोप छ ।

पक्राउ परेका बानियाले गाइनो वार्डमा सिधै गएर विरामीको स्वास्थ्य परीक्षण गरेको खुलेको छ । तीन जना विरामीको स्वास्थ्य परिक्षण गर्न थालेपछि नक्कली डाक्टर भएको अस्पतालले जनाएको छ । विरामीको स्वास्थ्य परीक्षण गर्दा ग्लोब्ससमेत नलगाई उपचार गर्न खोजेपछि नक्कली डाक्टर भएको खुलेको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर