पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीया मञ्जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् । सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा लगी थप अनुसन्धान भईरहेको झापा प्रहरलिे जनाएको छ ।