AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आत्महत्या रोकथामका लागि बहुपक्षीय कार्य योजनामा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ श्रावण २०७८, शुक्रबार १८:४६
495
Shares
विराटनगर / बढ्दो आत्महत्या रोकथामका लागि राज्यका तीनै तहमा बहुपक्षीय कार्य योजना बनाउनुपर्ने सरोकारवालहरुले जोड दिएका छन ।

आज विराटनगरमा आयोजना भएको छलफलमा सरोकारवालाहरुले बढ्दो आत्महत्या रोकथामका लागि संघ, प्रदेश र पालिका तहमा अलग अलग बहुपक्षीय कार्ययोजना बनाउनु पर्नेमा जोड दिएका हुन् । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु बर्तौलाले आत्महत्या रोकथाम गर्ने काम प्रहरी र अस्पतालको मात्र नभएकोले सबै सरोकारवालाहरु एक भएर अभियान थाल्नुपर्नेमा जोड दिइन् । प्रदेश १ प्रहरी प्रवक्ता एसएसपी नविनराज राईले आर्थिक गतिबिधिसँगै समाजमा आत्महत्या पनि बढिरहेकाले रोकथाम गर्र्न सामुहिक एकता सहितको कार्ययोजना आवश्यक भएको बताए ।

कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. लक्ष्मीनारायण यादवले आत्महत्या प्रत्यक्ष मानसिक समस्यासँग जोडिएकोले कुनै एउटा सेक्टरले मात्र रोकथाम गर्न संभव नहुने भन्दै सबैले सामुहिक रुपमा पहल गर्नुपर्ने बताए । पहल नेटवर्कका सल्लाहकार तथा अधिबक्त्ता कोषराज न्यौपानेले प्रदेश सरकारले चाँडो भन्दा चाँडो मानसिक नीति निर्माण गर्नु पर्ने र सचेतना र पैरवीका लागि उचित बजेटको व्यावस्था गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन केन्द्र (कोशिस) का निर्देशक मातृका देवकोटाले मानसिक स्वास्थ्यको प्रबृद्धन र आत्महत्या रोकथामलाई तीनै तहका सरकारले जनस्वास्थ्यको मुख्य सरोकार बनाउन जोड दिए े । पहल नेटवर्क प्रदेश १ संयोजक मन्जिता उपाध्यायले आत्महत्या रोग नभएर अवस्था मात्र भएकोले उचित उपचार र मनोविमर्श प्रदान गर्न सके रोकथाम गर्न सकिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर