पूर्वाञ्चल खबर
चिकित्सा शिक्षा आयोगले सीट संख्या स्वीकृति भएसँगै कोशी हेल्थ एण्ड साइन्स क्याम्पसमा चालु आर्थिक वर्षदेखि बीएन र बिपिएचको अध्यापन सुरु हुने भएको हो ।
क्याम्पसका प्रमुख विकास अधिकारीका अनुसार दुवै शैक्षिक कार्यक्रमका लागि ४०÷४० सीटको कोटा कोशी हेल्थले पाएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबैभन्दा पुरानो कलेजले आफ्नै भवन विराटनगर–१ तीनपैनीमा अध्ययनअध्यापन गराउँदै आएको छ ।
बीएन र बिपिएचको कक्षा समेत आफ्नै भवनमा तीनपैनीमा सञ्चालन गरिने अधिकारीले जानकारी दिए । कोशी हेल्थ मोरङ सहकारी अस्पतालको भगिनी संस्था हो ।