AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

करिव २२ हजार गरीव नागरिकलाई ५० लाख खर्चमा तीन महिना पौष्टिक खाना खुवाउने कार्य शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७८, आईतवार १८:०८
648
Shares
विराटनगर / निषेधाज्ञा समाप्त भएपनि दैनिक रोजगारी उपलव्ध नभएका ज्यालादारी मजदूर, सुत्केरी, बालबालिका, अपाङ, वृद्ध एवं सुकुम्वासी परिवारका सदस्यहरुलाई भोको पेट वस्नु नपरोस भन्नका लागि यहाँका सामाजिक संस्थाले २२ हजार ५ सय जनालाई पौष्टिक खाना खुवाउने कार्य आजदेखि शुरु गरेको छ ।

यूनाइटेड नेशन वुमनको आर्थिक सहयोगमा माइती नेपाल र नारी विकास सङ्घ विराटनगरले संयुक्त
रुपमा विराटनगरको १९ वडामा ९० दिनसम्म दैनिक विहानको खाना खुवाउने कार्यक्रम रहेको छ ।

संस्थाले विराटनगर–१९ स्थित घिनहा सिसवनी मुसहरीवस्तिमा आज २५० जना सुत्केरी, वृद्ध र बालवालिकाका खाना वितरण गरेका छन् ।

आगामी छ दिनसम्म उक्त स्थानमा खाना वितरण गर्ने कार्यक्रम रहेको छ भने अन्य दिन विराटनगरका अन्य वडामा सुकुम्वासी, दैनिक मजदुरी बसोवास गर्ने स्थानीयलाई खाना खुवाउने कार्यक्रम रहेको माइती नेपाल मोरङका प्रमुख विनो पोखरेलले बताए ।

विराटनगर –१९ बडा अध्यक्ष बद्रीनारायण सरदार, नारी विकास सङ्घकी अध्यक्ष सीता शर्मा, एविसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्त, माइती नेपाल मोरङका प्रमुख पोखरेल लगायतले गरीव सुकुम्वासी एवं रोजगार विहीन एवं सुत्केरी महिलालाई अन्य सङ्घसंस्थाले भोको पेट वस्न नदिनका लागि थप सहयोग गर्नु पर्नेमा जोड दिए ।

खाना खुवाउने कार्यक्रम सञ्चालनका लागि स्वयमसेवक सहित १० जना कर्मचारी खाना बनाउनका लागि रोजगार उपलव्ध गराइएको छ भने यसका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

संस्थाले कैलाली जिल्लाको धनगढी र काठमाडौमा समेत आज यस प्रकारको कार्यक्रम सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर