AArya
RUMPUM
animated ellipse animated ellipse

१ हजार २८८ जनाको पीसीआर परीक्षण गर्दा प्रदेश १ मा ४३९ जनामा संक्रमण पुष्टि, ३४२ जना संक्रमणमुक्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० असार २०७८, बुधबार १६:५५
918
Shares
विराटनगर / १ हजार २८८ जनाको पीसीआर परीक्षण गर्दा प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३९ जना कोरोना संक्रमित थपिएका छन् भने ३४२ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितको संख्या ७६ हजार ६२८ पुगेको छ । संक्रमित भएका मध्ये ६९ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५५९० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, ते¥हथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ६४, भद्रपुरमा २७, विर्तामोडमा २५, मेचीनगरमा १५, शिवसताक्षीमा ११, अर्जुनधारामा ६, कनकाईमा ५, हल्दिबारीमा ३, बुद्धशान्ति, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, झापा गाउँपालिकामा १, सुनसरीको धरानमा ८०, इटहरीमा ४४, बराहक्षेत्र र स्थानीय तह नखुलेका ६–६, भोक्राहानरसिंह, रामधुनी र इनरुवामा १–१, मोरङको विराटनगरमा ३५, बेलबारीमा २५, पथरीशनिश्चरेमा २२, लेटाङमा १२, सुन्दरहरैचामा ४, उर्लाबारी, कानेपोखरी र स्थानीय तह नखुलेका २–२, ग्रामथान र केराबारीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा १, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, चुलाचुली र माईमा १–१, पाँचथरको फिदिममा २, फाकफोकथुममा १, उदयपुरको त्रियुगामा २ र चौदण्डीगढीमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, ताप्लेजुङमा १, ते¥हथुमको आठराईमा १ र संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर