उर्लाबारी, फागुन ३ / कुनै समय मोरङ उर्लाबारी–६ का कमल धिमाल मंगलबारे मा रहेको साकेला थान क्षेत्रमा हाँडिफोरको चराको संख्या धेरै नै देख्थे । हिजोआज त्यस क्षेत्रमा यो प्रजातिको चराकोृ संख्या आँैलामा गन्न सकिने अवस्थामा पनि पाउन मुस्किल हुुन थालेको छ ।
विभिन्न खोजकर्ताहरु यो चराको बारे जानकारी लिन मंगलबारे आउथे । हिजोआज ती संस्थाहरु पनि आउन थालेको स्थानीयवासी बताँउछन् । संख्या घट्न थालेपछि यसको संरक्षणका लागि कसैले पहल गरेका छैनन् ।
सुहाउँदो बासस्थान र चरान क्षेत्र मासीन थालेपछि यस क्षेत्रबाट यो प्रजातिको चरा हराएर जाने अवस्थामा पुगेका छन् । बासस्थानको विनास तथा तीव्र सहरीकरणको प्रभाव तथा चोरी सकारीका कारण पनि यो प्रजातिको चराको संख्या घट्न थालेको हो । गो ग्रिन नामक संस्थाले गरेको अनुसन्धानमा झापा,मोरङ र सुनसरीमा यो प्रजातिको चराको संख्या १५ वर्ष अघि १ हजार थियो । हाल यसको संख्या दुईसयमा झरेको उल्लेख गरिएको छ ।
तराईका अग्ला सिमल तथा करमको रुखमा झुण्ड बनाइ बस्ने यो प्रजातिको चरा झापाको सर्नामती, सुरुङ्गा, मोरङको मंगलबारे, सुनवर्सी र सुनसरीको तरहरामा यो प्रजातिको चारको बासस्थान रहेको सो संस्थाले गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
हाडिफोर चराको बासस्थान रहेको क्षेत्रहरुमा विभिन्न संघसंस्थाहरुले जनचेतनामूलक कार्यक्रमहरु गरेपनि संरक्षणको प्रयास भने गरिएको देखिएको छैन । मंगलबारे क्षेत्रमा रहेको अग्ला करम तथा सिमलका रुखमा दर्जन बढि झुण्डमा बस्ने यो चरा यतिबेला ती रुखहरुमा दुईवटा पनि भेटाउन्न मुस्किल हुन थालेको छ । वासस्थान क्षेत्रमा बढ्दो सहरीकरणले पनि यो प्रजातिका चारहरु हराउन थालेका हुन् । ती चराको बासस्थान रहेको सो ठाँउमा हाल विभिन्न जातीय संस्थाहरुले निर्माण गरेको संरचनाहरुले प्रभावमा परेको छ ।
हाडिफोर चराले एक वर्षमा २ वटा सम्म बच्चा कोरल्ले गरेपनि आहारा कम हुदा एउटा मात्र वच्चा कोरल्ने गर्छ । कम संख्यामा यसको प्रजनन् हुने भएकाले पनि संरक्षणको आवस्यकता रहेको हो ।
वातवरण सम्बन्धि काम गरिरहेको रुफर्ड नामक संस्गथाका अनुसार हाडिफोरका विभिन्न ८ वटा प्रजातिहरु छन् । तराईका अग्ला रुखहरुमा वस्ने स्थानिय प्रजातीका हुन् भने सेतो र छिर्केमिर्के साईवेरीयाबाट र कालो जातको हाडिफोर स्पेन वाट ठण्डी याममा नेपाल आउँँछन् ।
तराईका फाँटहरुमा पाईने ठुला ठुला रुखहरु मासीएर जानु, खेत वारीमा रासायनिक मल तथा विषादीका प्रयोग गर्नु, सीमसार क्षेत्रहरु अतिक्रमण हुदैजानु जस्ता अन्य विविध कारणले यिनीहरु विस्थापीत बनेको चराविदहरुको भनाइ छ ।
यो चरा लोप हुदै जानाले यसको आहारा मानिने विशालुु सर्प, मुसा, गंगटां,किरा फट्याङ्ग्रा जस्ता विभिन्न हानीकारक जिवहरु फष्टाएकाले यसको अवसर मानव स्वयमंले भोग्नुपर्ने अवस्थाहरु आएको हाडिफोर चरा संरक्षणमा लागेको ती संस्थाहरुले सचेत गराएका छन् । एउटै मात्र प्रणीको लोप हुदाँ पारिस्थितीक पद्धतीमा ठूलो असर पु¥याउने विज्ञहरुको भनाई छ ।
सन्तुलित पारिस्थीतिक प्रणाली कायम राख्न महत्वपूर्ण भूमिका खेलेको यो चराले विषालु सर्प तथा कृषिक्षेत्रमा लाग्ने रोगकीराको प्रकोप नियन्त्रणमा ठुलो भूमिका खेल्छ । विश्वको धेरै कम स्थानमा पाइँने यो चरा नेपालमा संरक्षण हुने हो भने सन्तुलित पारिस्थितिक पद्धती हुने निश्चित छ ।