AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खुद्रा पसलमा भेटिएको अखाद्यय बस्तु नष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ असार २०७८, मंगलवार २१:०६
1.22k
Shares
विराटनगर /मोरङको पूर्वी सहरमा रहेका खुद्रा पसलमा अनुगमनको क्रममा म्याद सकिएको खाद्यबस्तु भेटिएको छ ।

वािणज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आज बेलबारी र लेटाङ्गको खुद्रा पसलहरूमा अनुगमनको क्रममा म्याद सकिएको खाद्यबस्तु भेटेको हो ।

म्याद सकिएको खाद्यबस्तु अनुगमन टोलीले नष्ट गरेको छ । वािणज्य कार्यालयले ९ वटा पसलमा अनुगमन गरेर म्याद सकिएको २९ हजार ३ सय ४ रुपैयाँ मुल्य बरावरको सामान नष्ट गरिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
पछिल्लो समयमा निषेधाज्ञाको कारणले खुद्रा पसलहरूमा उपभोग्य अवधि सकिएका खाद्य वस्तुहरू रहने र बिक्री हुने जोखिमलाई ध्यानमा राखेर बजार अनुगमन गरिएको हो,’ उनले भने, ‘अनुगमनको क्रममा भेटिएको खाद्यबस्तु नष्ट र सचेत गराइदै आएको छ ।’

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिना, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर, गुणस्तर तथा नापतौल कार्यालय, विराटनगर, लेटाङ नगरपालिका, बेलबारी नगरपालिका, इलाका प्रहरी कार्यालय, लेटाङ र उद्योग वाणिज्य संघ लेटाङका कर्मचारी तथा प्रतिनिधीहरूको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर