पूर्वाञ्चल खबर
सोही अवधि प्रदेश १ मा ३३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा ८१, उदयपुरमा १०, संखुवासभामा ८, इलाममा ६, भोजपुरमा ३, धनकुटामा २, ताप्लेजुङ, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा ३६, उर्लाबारीमा ८, बेलबारीमा ७, बुढीगंगामा ६, केराबारीमा ४, सुनबर्षीमा ३, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र ग्रामथानमा २–२, रतुवामाईमा १, सुनसरीको इटहरीमा ४६, बराहक्षेत्रमा २९, रामधुनीमा ६, दुहवीमा ४, धरान र इनरुवामा ३–३, देवानगञ्ज र हरिनगरमा २–२, बर्जु र भोक्राहानरसिंहमा १–१, झापाको विर्तामोडमा १९, अर्जुनधारामा १७, दमकमा १६, कनकाई र शिवसताक्षीमा ७–७, बा¥हदशीमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३–३, गौरीगञ्ज र गौरादहमा २–२, स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४ र बेलकामा १, संखुवासभाको चैनपुरमा ६, खाँदबारी र सभापोखरीमा १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका, माई, माईजोगमाई र मांसेबुङमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिवासमा १–१, ताप्लेजुङको सिदिङ्वा, खोटाङ र ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार ५३० पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ३७ रहेको छ । प्रदेश १ मा आज १ हजार ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५४ महिला र १८५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या ११८७ पुगेको छ । जस्मा ३५६ महिला र ८३१ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा सवै भन्दा बढी झापाका ६जना संक्रमितको मृत्यु भएको छ भने मोरङका ३ जनाको मृत्यु भएको ट भने सुनसरीका २ जना, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।