पूर्वाञ्चल खबर
चट्याङमा परेर स्थानीय २० वर्षीय नितेश रायको मृत्यु भएको हो । मोरङको रंगेली ननगरपालिका ६ मलङ्गथान स्थितमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा १ जनाको मृत्यु र ४ जना घाईते भएका हुन् ।
आज दिउँसो साढे १ बजे परेको चट्याङबाट गम्भिर घाईते भएका रायको रंगेली अस्पतालमा र्पुयाउन साथ मृत्यु भएको थियो भने सोही स्थानका ४५ बर्षीय अशोक मण्डल, १७ बर्षीय विजय मण्डल, २२ बर्षीया संगिता राय, र २७ बर्षीय रविन मण्डल घाईते भएका छन् । घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको मोरङ प्रहरीले जनाएको छ ।