AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

१८ केजी गाँजासहित जयराम यादव विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ असार २०७८, आईतवार १५:३९
3.91k
Shares
विराटनगर / लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न रहेका तीन भारतीय नागरिक सहित ६ जनालाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० बर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सुर्य राई रहेका छन् भने भारतीय नागरिक भारत अररिया फार्विजगञ्ज का १९ बर्षीय सोनुकुमार यादव, अररिया पिर्पाघाट विशनपुरका २८ बर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुरका ३० बर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार शनिबार विराटनगर महानगरपालिका –६ रामपुर स्थित झाँडीमा लुकाईएको अवस्थामा अन्दाजी १८ केजी गाँजा बरामद भएको थियो । प्रहीले प्रिन्स विचितर कुमारको साथबाट ७ लाख १६ हजार ६ सय भारतीय हजार रुपैयाँ पनि बरामद गरेको जनाएको छ ।

बरामद गरिएको रकम तस्करीको गाँजा किन्न ल्याएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले तस्करीको गाँजा ओसारपसारमा संलग्न भएको को १ च २४१२ नम्बर मारुती समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका सवैै जनालाई मोरङ प्रहरीले लागुऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर