पूर्वाञ्चल खबर

कलेजले कोशी अस्पताल ओसीएमसी वार्डका लागी २ हजार थान माक्स र १० लिटर सेनिटाइजर वितरण गरेको छ । त्यस्तै विक्की कार्कीको नेतृत्वमा पोखरियाका युवाहरुले भोकालाई खाना खुवाउँने अभियानलाई १० बोरा चामल तथा ग्रामिण भेगका विपन्न परिवारलाई राहत वितरण गदैृ आएको जहदाको लक्ष्मीनिया युवा क्लवलाई ५ बोरा चामल वितरण गरिएको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए ।
उनीहरु सवैलाई कलेजका क्याम्पस प्रमुख सापकोटा, निर्देशकहरु शैलेन्द्र शिवाकोटी, भेषराज पोखरेल, ज्ञानबहादुर खडका र कलेजका संस्थापकहरुले वितरण गरे ।
हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भए पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्यमा लागी परेको छ ।