AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नगदसहित गहना चोरी गर्ने यादव पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०७८, बुधबार १६:४९
1.76k
Shares
विराटनगर / विराटनगर–८ अमरटोलस्थित राजकुमार श्रेष्ठ घरभित्र छिरेर नगदसहित गहना चोरी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

अमरटोलका ५५ वर्षीय श्रेष्ठको घरबाट नगद ५० हजार र साढें २ तोलाको चाँदीको सिक्रि चोरी गर्ने विराटनगर–८ विश्वकर्मा टोलका २२ वर्षीय अनिलकुमार यादवलाई पक्राउ गरिएको हो ।

चोरीको जानकारी पाएपछि खटिएको टोलीले अनुसन्धानको क्रममा यादवबाट प्रहरीले आज नगद ५० हजार र चाँदीको सिक्री समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मानबहादुर राईले पक्राउ परेका यादवलाई चोरी कसूरमा अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर