AArya
RUMPUM
animated ellipse animated ellipse

संविधान संशोधन नगरेसम्म मुलुकको समस्या समाधान नहुने -गच्छदार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७३, शनिबार १९:२७
3
Shares
फाइल तस्वीर
विराटनगर, माघ २९ / मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधन नगरेसम्म मुलुकको समस्या समाधान हुन नसक्ने बताएका छन् ।
फोरम लोकतान्त्रिक जिल्ला कार्य समिति मोरङले आज विराटनगरमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले संविधानले मधेशी र आदिवासीहरुका केहि अधिकारहरु सुनिश्चित गरेपनि थप अधिकार सुनिश्चित गर्न परिमार्जन सहित संविधान संशोधन आवश्यक रहेको बताए । उनले दशकौंदेखिको वर्ग बिशेषको शासनले देशको दुर्दशा भएको दाबी गर्दै अब शासनसत्तामा सबैको पहुँच पुग्नेगरि समाधान निकाल्नुपर्नेमा जोड दिए ।
मधेशी मोर्चाका नेताहरुको माग स्पष्ट नभएकाले समस्या बल्झिएको भन्दै अध्यक्ष गच्छदारले ८ प्रदेश बनाए मात्र समस्या समाधान हुने दाबी गरे । कार्यक्रममा विराटनगर क्षेत्रका ३ सय र मोरङका विभिन्न गाविसकासमेत गरेर ५ सय बढीलाई फोरम लोकतान्त्रिकमा प्रवेश गराइएको मोरङ अध्यक्ष भक्ति माझीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर