पूर्वाञ्चल खबर
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलगाय चार जना नेतालाई पार्टीबाट निश्कासन गरेलगत्तै यादव कारबाहीमा परेका छन् ।
यादव पक्षले पार्टीबाट निष्कासित गरेपछि ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले कारवाही गरेको हो ।
बैठकले यादवलाई पार्टीबाट निष्कासन गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले ठहर गरेको कर्णले बताए । कारवाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ ।