AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उपेन्द्र समूहद्वारा जसपाका अध्यक्ष ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ जेष्ठ २०७८, मंगलवार १५:२७
738
Shares
विराटनगर / जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव र बाबुराम भट्टराई समूहले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

यादवले पार्टीको कार्यकारिणी समितिको बहुमतले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निस्कासन गर्ने निर्णाय गरेको हो । उहाँहरुलाई पार्टीबाट निस्कासन निष्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएका छौं’ नेता मोहम्मद इस्तियाक राईले भने ।

अध्यक्ष ठाकुरलगायतका नेतालाई पार्टीबाट निस्कासन गर्ने खेलले जसपा फुट्ने निश्चित भएको एक नेताले टिप्पनी समेत गरे । जेठ ७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गरेपछि ठाकुरसहित चार नेतालाई अध्यक्ष यादवले स्पष्टीकरण सोधेका थिए ।

जेठ ११ गते तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएकोमा ठाकुर पक्षले पनि उल्टै यादवलाई स्पष्टीकरण सोधेको थियो । फेरि १५ जेठमा २४ घण्टे स्पष्टीकरण पत्र पठाएका यादवले आज बैठक राखेर निष्कासनको निर्णय गरेका हुन् ।

ठाकुर पक्षले पनि यसको जवाफमा यादवलाई निष्कासनकै निर्णय गर्ने तयारी गरेको छ । जेठ १छ गते मै ठाकुरले अर्का अध्यक्ष यादवलई २४ घण्टे स्पष्टीकरण पत्र पठाएका थिइ । स्पष्टीकरणको दोहोरी चलिरहेका बेला ठाकुर पक्ष सरकारमा सहभागी हुने निर्णयमा पुगिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर