AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका दुई फार्मेसी अनुगमन टोलीद्वारा बन्द, एक फार्मेसी सञ्चालक फरार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ जेष्ठ २०७८, सोमबार १६:०४
6.14k
Shares
विराटनगर / विराटनगरको दुई वटा फार्मेसी औषधि व्यवस्था विभाग क्षेत्रिय कार्यालयले बन्द गरेको छ ।

आज अनुगमन गर्न पुगेको टोलीले विराटनगर महानगरपालिका –९ अस्पताल चोकमा रहेको दुई वटा फार्मेसी बन्द गरेको हो । एउटा फार्मेसी सञ्चालक भने अनुगमन टोली आउने जानकारी पाएपछि फरार भएका थिए ।

टाइम्स फर्मा र रियाङ्शी मेडिको अनुमगन टोलीले बन्द गरेको हो । बोर्ड नराखिएको एउटा फार्मेसी सञ्चालक भने अनुगमन टोली पुग्नु अघि नै पसल बन्द गरेर फरार भए । अनुगमन टोली आउने जानकारी पाएपछि अस्पताल चोकदेखि दक्षिण तर्फ जाने सडकमा रहेको फार्मेसी सञ्चालक शङ्कर यादव फरार भएका हुन् ।

लाइसेन्स प्राप्त व्यक्तिलाई नभेटिएपछि दुई वटा फार्मेसीको बिक्रीमा रोक लगाएको विभागको क्षेत्रिय कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । प्रमुख कट्टेलले बन्द गरिको फार्मेसीका सञ्चालकलाई कार्यालयमा उपस्थीत हुन निर्देशन समेत दिएका छन् । बोर्ड नराखेको फार्मेसीका सञ्चालक फरार भएपछि खोजीकार्य भइरहेको उनले बताए ।

बोर्ड नरहेको फार्मेसीका सञ्चालकले कन्चनबारीमा रहेको हेल्थकेर फार्मेसीको बिल प्रयोग गर्दै आएका थिए । औषधिका नाममा विरामीलाई ठगी गरेको उजुरी परेपछि अनुगमनका लागि टोली पुग्दा यादव भागेका थिए । उनका अनुसार टाइम्स फार्मेसीसँगै रहेको जिग्री फार्मेसीमा दर्ता विनाको सेनिटाइजर बरामद भएको छ । अनुगमनका क्रममा अन्य दुई वटा फर्मेसीको अवस्था सामान्य पाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर