पूर्वाञ्चल खबर
कोरोना संक्रमणको दर बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने नियर्ण गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आज चौथौं पटक थपिएको निषेधाज्ञाको समय सकिनु अगाडि पाँचौ सूचना जारी गर्दै २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ २४ गतेसम्मका लागी निषेधाज्ञा थप गर्ने आधारको रुपमा प्रशासनले लिएको छ ।
