खबर पूर्वाञ्चल
कोरोनाको महामारीकै बिच नगरपालिकाले कृषक समुह तथा ब्यवसायिक फर्महरुलाई बाख्राका पाठा पाठि बितरण वितरण गरेको हो । ५२ ओटा वोका र ३८ वटा पाठि वितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।
एक करोड २५ लाख मुल्य खर्च गरेर नगरपालिकाले अष्टे«लियाबाट चार्टर गरी बोका ल्याएर वितरण गरेको हो । किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अष्ट्रेलियाबाट ल्याएर पाठा पाठि विरतण गरीएको नगर प्रमुख सुबेदीले बताए । बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रकारुपमा बिकास गर्ने लक्ष्य लिएको उनले बताए ।
समूह तथा र्फमहरुलाई सर्तनै राखेर वितरण गरीएको छ । अनुदानमा दिएका बाख्राहरु बिक्रि गर्न नपाउने सर्त राखेर वितरण गरीएको प्रमुख प्रशासकिय अधिकृत प्रदिप साहले बताए । तिनै बाख्राका पाठापाठिबाट उत्पादन बढाउने लक्ष्य लिएको उनले बताए । नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधिनै बनाएको थियो ।
यो जातको बाख्राले दाना, पानी र स्थानीय स्तरमा पाईने सबै घाँस खाने भएकाले यतिबेला कृषकहरुको ध्यान उक्त बाख्रापालनमा गएको छ । थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरुमा समेत बोयर प्रतिको मोह बढिरहेको छ । अन्य जातको बाख्रा भन्दा बोयरले छिटो सयमा फाइदा दिने पशुप्राविधिकहरु बताउँछन ।
बाख्राका पाठा पाठि पाएपछि कृषकहरु समेत खुशी भएका छन् । अष्ट्रेलियालाई बोयरको प्रजन्न केन्द्रका रुपमा मान्ने गरीन्छ बेलबारीमा ब्यवसायिक बाख्रा पालन गर्दै आएका किसान राजन गोर्खालीले भने यसले आय आर्जनमा ठुलो राहत मिल्ने छ । माछा दुध तथा अण्डामा आत्म निर्भर भइसकेको नगरपालिकाले मासुमा समेत आत्म निर्भर बनाउने जनाएको छ । निशेधाज्ञाको सयमा भिडभाड बढ्ने भएपछि नगरपालिकाले समुह तथा फर्ममा लगरे पाठा पाठि छोडिदिएको छ ।