खबर पूर्वाञ्चल
राष्ट्रपतिले आज मध्यरात १ बजे प्रतिनिधिसभा विघटनको गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गो मध्यावधि निर्वाचनको गर्ने गरि घोषणासमेत गरेकी छिन् ।
राष्ट्रपतिले शुक्रबार राति साढे १० बजेपछि शेरबहादुर देउवा र केपी ओली दुबैले प्रस्तुत गरेको नयाँ सरकार गठनको दाबी नपुगेको भन्दै दुवै दाबी खारेज गरिदिएका थिइन् । त्यसपछि बालुवाटारमा मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै कार्तिक २६ मङ्सिर ३ गते चुनाव गर्ने मिति प्रस्ताव गरेको थियो ।
उक्त सिफारिसबमोजिम वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने गरी मिति तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो पटक भने बहुमतको सरकारका लागि गरिएको दाबी पूर्ण नभएपछि संविधानको धारा ७६ को उपधारा ७ बम्मोजिम प्रतिनिधि सभा संवत् विघटन हुने व्यवस्था अनुसार विघटन गरिएको हो ।