AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय सभा सदस्यमा एमाले नेपाल समुहका डा. देवकोटा निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ जेष्ठ २०७८, बिहीबार १७:४१
1.06k
Shares
काठमाण्डौ / नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै एमाले नेपाल समुहका डा. खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

डा. देवकोटालाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, जसपालगायत दलको सहयोगमा बादललाई हराउँदै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।

त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर