AArya
RUMPUM
animated ellipse animated ellipse

भारतले मात्र होइन नेपालले पनि भारतको जमिन मिचेको छ : प्रधानमन्त्री बालेन साह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ जेष्ठ २०८३, आईतवार १८:०३
3
Shares
विराटनगर / प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले भारतले नेपालको मात्रै नभएर नेपालले पनि भारतको जमिन मिचेको बताएका छन् ।

सांसदको प्रश्नको जवाफ दिने क्रममा उनले अनौठो विषय आज सार्वजनिक गरेका हुन् ।

विपक्षीहरूले लगातार माग गरेपछि प्रधानमन्त्री साह संसद् बैठकमा उपस्थित भएर जवाफ दिएका थिए । त्यस क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भारतबाट सीमा मिचिएको विषयलाई लिएर सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री साहले भारतको जमिन नेपालले पनि मिचेको दाबी गरेका हुन् ।‘भारतले नेपालको मात्रै नभएर नेपालले पनि भारतको जमिन मिचेको रहेछ । यो दुवै देशबीच आपससी समझदारीमा दाजुभाइको जस्तो सम्बन्ध बनाएर समस्या समाधान गर्नुपर्ने अवस्था छ,’ उनले भने । तर, प्रधानमन्त्री साहले नेपालले भारतको जमिन कहाँ–कहाँ मिचेको छ भनेर केही पनि बताएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर