खबर पूर्वाञ्चल
दुर्घटनामा परि झापाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षिय लक्ष्मी भन्ने लिलानाथ पौडेल र मोरङको रंगेली नगरपालिका ३ रन्जनीका ७६ वर्षिय विष्णुमाया सिवाकोटीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
पथरीको जयचौकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च १८५१ नम्बरको स्कारपियोलाई सोही दिशातर्फ जाँदै गरेको ना २ ख ९४७३ नम्बरको मालवक सवारीसाधनले ढक्कर दिएको प्रहरीले जनाएको छ । मालवक सवारी साधनको ढक्करबाट स्कारपियोमा सवार दुई जनाको घटनास्थलमा मृत्यु भएको थियो भने तीन जना गम्भिर घाइते भएको डिएसपी राईले जानकारी दिए ।
घाइते हुनेहरूमा झापा विर्तामोड नगरपािलका २ चारपानेका ३३ वर्षिय विकाश उप्रेती, सोही ठाउँका ४५ वर्षिय विनिता पौडेल र हल्दीवारी गाउँपालिका ५ का २५ वर्षिय रोशन उपे्रती रहेको प्रहरीले जनाएको छ । उनीहरुको टाउँको र खुटामा चोटपटक लागेको कारण विराटनगरस्थित गोल्डेन अस्पतलामा उपचार भइरहेको छ ।
दुर्घटना गराएपछि मालवाक सवारी साधनको चालक फरार भएका थिए । इलाका प्रहरी कार्यालय पथरीको टोलीले चालकलाई आज विहान पक्राउ गरि थप अनुसन्धान सुरु गरेको जनाएको छ ।