RUMPUM
animated ellipse animated ellipse

भाउजुको हत्या आरोपमा देवर पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ जेष्ठ २०७८, बुधबार १७:३८
1.35k
Shares
विराटनगर/ मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको हत्या आरोपमा आफनै देवर १९ वर्षिय विनोद यादव पक्राउ परेका छन् ।

हत्या आरोपमा पक्राउ परेका देवर विनोद

अनिताको शव रंगेली नगरपालिका–३ को नहरखण्डमा घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा आज विहान फेला परेको थियो।

सामान्य घर झगडाको विषलयलाई लिएर विनोदले भाउजु अनिताको हिजो राती आठ बजे हत्या गरेको मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा विनोदको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

यसरी गरे विनोदले भाउजुको हत्या
हिजो दिउँसो घरमा देवर भाउजूबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो । विवादपछि बेलुका साढे सात बजे महिला घरबाट श्रीमान बेचन यादवलाई खोज्न भन्दै घरदेखि उत्तरतर्फ लागेकी थिइन् । उनलाई पछ्याउँदै देवर विनोद पनि पछि–पछि लागेका थिए ।

‘घरदेखि उत्तर करिब २ किलोमिटरमा नहरको ढिलमा पुगेपछि देवर विनोदले भाउजु अनितलाई ढकालिदिए । भाउजु नहरमा लडिन् र विनोदले अनिताको घाँटीमा धाँरिलो हतियार दाउ प्रयोग गरि हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ,’ मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर