AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा नेपालमा ७, ९८९ जना कोरोनाबाट मुक्त, थप ८१७३ जनामा संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ जेष्ठ २०७८, बुधबार १७:२०
639
Shares
काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट ७, ९८९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित हुने संख्या स्थिर देखिएपनि पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या भने बढ्दै गएको छ । पिसिआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट १ सय ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा एकै दिन २ सय ४६ जनाको मृत्यु भएको छ । संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर