AArya
RUMPUM
animated ellipse animated ellipse

लेटाङका व्यवसायी रोमन राईको हत्या आरोपमा थप एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ जेष्ठ २०७८, आईतवार १५:४१
639
Shares
विराटनगर / मोरङको लेटाङ्ग नगरपालिका–३ त्रिशुली चौकका २२ वर्षीय व्यवसायी रोमन राईको हत्या आरोपमा थप एक जना पक्राउ परेका छन् । राईको हत्या भएकै दिन शुक्रबार राति हत्यामा संलग्न दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको थियो ।

राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय भुपाल लिम्बुलाई पक्राउ गरेको हो । यस अिघ इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ ३ का २१ वर्षीय सुशील दर्जी नेपाली र २० वर्षीय दिलबहादुर लिम्बूलाई पक्राउ गरेको थियो ।

प्रहरीले लिम्बू र दर्जीलाई पक्राउ गरेपछि उनीहरुको बयानको आधारमा हत्यामा भुपालको पनि संलग्नता रहेको खुलेको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार डेड वर्ष अगाडि राईले ठेक्कामा लिएर चलाएको ट्याक्टरमा काम गरेको पैसा माग्दा नदिएपछि उनीहरुले शुक्रबार राति घरमै पुगेर छुरा प्रहार गरी राईको हत्या गरेका थिए ।

लेटाङको त्रिशुली चौकमा शुक्रबार राति साढे ८ बजे पैसा माग्न तीन जना राईको घर पुगेका थिए । पैसा माग्ने क्रममा बढेकोमा विवादमा राईको पेटमा सुशील र दिलबहादुरले छुरा प्रहार गरेर गम्भीर घाइते बनाई फरार भएका थिए ।

आफन्तले उपचार गर्न विराटनगरस्थित विराट नर्सिङ होममा ल्याउने क्रममो बाटोमै राईको मृत्यु भएको थियो । छुरा प्रहार गर्ने र मृत्यु हुने नजिकका मिल्ने साथी हुन् ।

काममा लगाएर आफूहरुले पाउनुपर्ने पैसा लामो समयदेखि नदिएकाले छुरा हानिएको बयान पक्राउ परेकाहरुले प्रहरीमा दिएका छन् । पक्राउ परेका तीन जनालाई इप्रका लेटाङले आज ‘कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर