पूर्वाञ्चल खबर
आज बसेको डिसिसिएमसीको बैठकले जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी गराए ।
आजदेखि लागू हुनेगरी वैशाख ३१ गतेसम्म पूर्ण निषेधाज्ञा जारी भएको बताउँदै प्रमुख जिल्ला अधिकारी ढकालले जोर–बिजोर प्रणालीसमेत हटाएको बताए । यस्तै अत्यावश्यकबाहेक हिँडडुलमा रोक लगाउँदै निषेधाज्ञा कडा बनाएको उनको भनाइ छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधाज्ञा जारी गरिएको उनले बताए ।
यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ गतेसम्म मात्रै निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।