AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

क्यामरुनमाथि कठिन जित निकाल्दै संकटा अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ चैत्र २०७७, मंगलवार २२:२९
828
Shares
पुष्पराज थपलिया
विराटनगर/ क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई पराजित गर्दै पोखरामा सम्पन्न आहा–रारा गोल्डकपका विजेता संकटा व्याइज स्पोटिङ्ग क्बल काठमाण्डौ विराटनगरमा जारी छैठौं विराट गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

सहिद मैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुन माथि १–० को कठिन जित निकाल्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । आज खेलपछि सेमिफाइनल समिकरण पुरा भएको छ ।

फाइनल यात्राको लागि संकटाले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा भारतको पंजाव पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । क्यामरुनले पोखरामा भर्खर सम्पन्न आहा गोल्ड कपको फाइनलमा संकटासँग पेनाल्टी सुटआउटमा ४–२ को गोल अन्तरले पराजित भएको बदला दिने दाउँमा मैदान प्रवेश गरि आक्रमक खेल पर्दशन गरे पनि अन्तिममा निरनस हुँदै मैदान छाडेको थियो ।

पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबरी खेले पनि २०७० सालको विराट गोल्डकपको विजेता संकटाले खेलको ६१ औं मिनेटमा गणेश हमालले गरेको गोल निर्णायक बन्यो । संकटाका विदेशी खेलाडी ओडे ग्लोरीले निकालिएको क्रस पासमा गणेशले हेडमार्फत गोल गर्दै संकटाको जितमा निर्णयक भयो ।

पहिलो गोल खाएपछि दबाबमा परेको क्यामरुनले खेल बराबरीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा क्यामरुन दोस्रो हाफमा १–० ले पछि प¥यो । खेलको पहिलो हाफमा क्यामरुनको लागि निकै संघर्षपूर्ण बन्यो । क्यामरुनले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको १४ औं मिनेटमा क्यामरुनका खेलाडी बासेकले निकाले राम्रो अवसरलाई इबोदले टच गर्न नसक्दा गोल गर्ने अवसर गुमायो ।

२३ औ मिनेटमा पौmनीले गरेको हेडिङलाई संकटाका गोलकिपर राजुबाबु थापाले पोललाईनमा उत्कृष्ट बचाए । संकटाका विष्णु सुनवारले खेलको २६ औं मिनेटमा डिबक्स भित्रदेखि गरेको प्रहार क्यामरुनको गोलरक्षक डिए स्यालभियोे बाधक बने । ३९ औं मिनेटमा संकटाका ओडे ग्लोरीले गरेको सशत्त प्रहार बाहिरिदा गोल हुन सकेन । खेलको ४५ औं मिनेटमा क्यामरुनका खेलाडी बसेकले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो ।

दोस्रोे हाफपछि आक्रमक भएको खेल खेलेको क्यामरुनले ५० औ मिनेटमा एमफोमोले गरेको कडा प्रहारलाई संकटाका गोलकिपर राजुबाबु थापा फेरी बाधक बने । खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ५८ औं मिनेटमा क्यामरुनको एमफोमोले गरेको प्रहार संकटाका गोलरक्षक राजुबावुले बिफल पारिदिए । ८० औ मिनेटमा क्यामरुनका गोल किपर डिए स्यालभियो अगाडि बढेको बेला संकटाका गणेश हमालल गरेको प्रहार क्यामरुनका बासेकले उत्कृष्ट ढंगले बताए । ८८ औं मिनेटमा क्यामरुनका सि. एमबाकोपले गरेको प्रहार पहिलो बारमा बाधक बनेपछि क्यामरुन बाहिर बाध्य भयो ।

खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबावु थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।

जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्दा जित हासिल भएको बताए । यता क्यामरुकनका प्रशिक्षक सरजेल बोरीसले केही राम्रो खेलाडी पोखरामा छुटदा हार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर