विराटनगर,माघ २६/ विराटनगर उपमहानगरपालिकाले फोहोर मैला व्यावस्थापनकालागि गरेको ठेक्का रद्ध गरी पून टेन्डर गर्न स्थानीय विकास मन्त्रालयले दिएको निर्देशन सर्वाेच्च अदालतले खारेज गरिदिएको छ ।
ठेकेदार कम्पनी वेष्ट म्यानेजमेन्ट ग्रुप(जेवी)ले मन्त्रालयको निर्णय विरुद्ध गत भदौ २० गते सर्वाेच्च अदालतमा रिट हालेका थिए । ठेकेदारको रिट उपर गत मंसिर २७ गते फैसला गर्दै सर्वाेच्च अदालतले मन्त्रालयको आदेशलाई बदर गरी ठेक्कालाई सदर गर्ने फैसला गरेको थियो । अदालतले स्वायत्त क्षेत्रलाई हस्तक्षप गर्न नमिल्ने भन्दै जेवीस“गको सम्झौता कायम गर्न फैसला गरेको थियो ।
गत असारमा स्थानीय विकास मन्त्रालयले फोहोर व्यावस्थापनकालागि वेष्ट म्यानेजमेन्ट गु्रप नेपाल प्राली (जेवी) स“ग गरेको सम्झौता रद्द निर्देशन दिएको थियो । मन्त्रायलको निर्णय विरुद्ध सर्वाेच्च अदालत पुगेको ठेकेदार कम्पनीले पाचबर्षकालागि काम गर्ने अवसर पाएको हो ।