AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रहरी जवान बस्नेत र राई सर्वोत्कृष्ट प्रहरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०७७, बुधबार १७:१२
378
Shares
विराटनगर/प्रहरी जवान ज्ञानबहादुर बस्नेत र अशोक राई सर्र्वाेउत्कृष्ट प्रहरी घोषित भएका छन् ।

मोरङको प्रहरी चौकी कर्सिया दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञानबहादुर बस्नेत र प्रहरी चौकी हर्कपुर ओखलढुङगा दरवन्दी भई प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुहमा कार्यरत अशोक राई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

जवान बस्नेत मोरङ प्रहरीमा अनुसन्धानमा अब्बल प्रहरीको सूचीमा पर्दछन् । उनले जिल्लामा घटिएको जघन्य प्रकृतिको घटनाको अनुसन्धानमा गहन रूपमा अनुसन्धान गरि अभियुक्त पक्रिन सक्रिय भएर लागि परेका छन् । उनी यसअघि पनि प्रदेश प्रहरी कार्यालयले सर्वोउत्कृष्ट प्रहरी घोषित भइसकेको छन् ।

विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएको बस्नेत र राईलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरीले जनाएको छ ।

उनीहरूले कर्तव्य ज्यान, अपहरण गरी शरीर बन्धक जस्ता जघन्य प्रकृतिका अपराधमा संलग्न प्रतिवादीहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । ‘आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले राई र बस्नेतलाई उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो,’ सम्मान पत्रमा उल्लेखछ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर