AArya
RUMPUM
animated ellipse animated ellipse

आठ महिनामा ३० फर्म कारवाहीमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ चैत्र २०७७, सोमबार १९:१०
738
Shares
विराटनगर/ बदमासी गर्ने प्रदेश १ को ६ जिल्लाका ३० वटा व्यवसायिक फर्मलाई कारवाहीमा परेका छन् ।

चालु आर्थिक वर्षको ८ महिनामा वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बदमासी गर्ने ३० वटा व्यवसायिक फर्मलाई कारवाही गरेको हो । कारवाहीमा पर्ने उद्योग र पसलहरू रहेका छन् ।

कारवाहीमा पर्ने म्याद सकिएको खाद्यबस्तु विक्री वितरण गर्ने, लेबल लगाउने, खरिद बिलबिजक बेगर खाद्यबस्तु विक्री वितरण गर्नुको साथै अत्याधिक मुनाफा राखि कालोबाजारी गर्ने फर्महरूलाई कारवाही गरिएको छ ।

प्रदेश १ भरी कार्यक्षेत्र रहेको वाणिज्य कार्यालयले मोरङ, झापा, धनकुटा, इलाम, पाँचथर र सुनसरीको व्यवसायिक फर्महरूको अनुगमन गरेको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । ३० वटा फर्मलाई कारवाही गर्दा १२ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ४९ हजार २ सय ६५ रुपैयाँ मुल्य बराबरको म्याद सकिएको खाद्यबस्तु नष्ट गरिएको वाणिज्य कार्यालये जनाएको छ । चालु आर्थिक वर्षको आठ महिनामा नयाँ फर्म दर्ता १ हजार ४ सय ३४ वटा रहेको छ । यस्तै नवीकरण १ हजार ६ सय ६३, संशोधन ७ सय ८४ र खारेजी १ सय २४ रहेको छ ।

वािणज्य कार्यालयले विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बोल्दै मोरङका प्रमुुख जिल्ला अधिकारी कोषहरी निरौलाले समान खरिद गर्द उपभोक्ताहरु आफै सचेत हुुनुु पर्नेमा जोड दिए । उनले पर्याप्त मात्रमा अनुुगमन हुुन नसक्दा अझैपनी मापदण्ड विपरित उपभोग्य लगायत वस्तुुहरु विक्रि भइरहेको बताए । उनले म्याद गुुज्रिएका अखाद्ध वस्तुुहरु विक्रि गरेको फेला परे तुुरुन्त आफुहरुलाई खवर गर्न समेत आग्रह गरे ।

कार्यक्रममा वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुुख सन्तोष पोखरेलले कार्यालयले विगत आठ महिनामा गरेको कामको प्रगति विवरण सार्वजानिक गर्दै मानव स्वास्थ्यमा प्लाष्टिक प्रयोगले असर गर्ने भएकोले यसलाई निरुसाहित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जागरण अभियानका संयोजक कृष्ण भण्डारीले व्यापारी इमानदारी, उपभोक्ता सचेत र नियमकारी निकायले नियमन प्रभावकारी गरेमात्र बजार स्वच्छ हुने बताए । बजारलाई स्वच्छ बनाउन सबै इमानदारी भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङगेलले उपभोक्ता सचेत नभएसम्म बजार स्वच्छ नहुने भएकोले सबै मिलेर गुणस्तरीय बजार बनाउनुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर