खबर पूर्वाञ्चल
बेलबारीका चन्द्रकुमार राईको हत्या मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् । घटनामा संलग्न भइ हालसम्म फरार रहेका मोरङ ग्रामथान गाउँपालिका ४ मोतीपुरका ३८ वर्षिय ओमनारायण धामी आज पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनलाई मोरङ बुढिगंगा गाउँपालिका –२ वाईपासरोडबाट पक्राउ गरेको हो ।
गत भदौ १२ गते ¥याङ फाइटमा परि उपचारको क्रममा राईको मृत्यु भएको थियो । मोरङ बेलबारी नगरपालिका ५ कसेनी लोहन्द्रा पुलमा सोही ठाउँका ३२ वर्षिय जितेन चौधरी, २५ वर्षिय दिनेश श्रेष्ठ, ३२ वर्षिय सन्तोष मगर र चन्द्रकुमार राई, सईकुमार राई, समुन्द्र राई, गौरव राईसँग सामान्य बादबिबाद हुँदा धारिलो हतियार खुकुरी प्रयोग गरी घाइते भएका चन्द्रबहादुरको मृत्यु भएको थियो । राईको मृत्यु भएपछि धामी फरार थिए ।