AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दुई लाख घुसहित विराटनगरका फार्मेशी अधिकृत पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७७, बिहीबार २०:०५
6.53k
Shares
विराटनगर/ नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी दुई लाख रुपैयाँ घुसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले आज विराटनगर – ३ दुधफारम अगाडीदेखि घुससहित उनलाई रंगेहात पक्राउ गरेको हो ।

कारवाही गरि बन्द गरिएको फार्मेशीको मुद्दा मिलाइ दिने भन्दै घुस लिने क्रममा अख्तियारको स्टिङ अप्रेसनमा मोरङको उर्लाबारी नगरपालिका ५ हाटखोला घर भएका २५ वर्षिय सुवेदीलाई घुससहित रंगेहात पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

पक्राउ परेका सुवेदी करारमा नियुक्त भएका कर्मचारी हुन् । उनी ढेड वर्ष अगाडी औषधी व्यवस्था विभाग विराटनगरमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर