AArya
RUMPUM
animated ellipse animated ellipse

चार डिआइजीलाई डाकेर आइजीले भने, ‘एकअर्कालाई हिलो नछ्याप्नुस्’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ माघ २०७३, सोमबार २०:५८
3
Shares
काठमाडौं / प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले संगठनको २४ ‌औं प्रमुख हुने लाइनमा रहेका चार डिआइजीलाई बोलाएर एक आपसमा हिलो छ्यापाछ्याप नगर्न सुझाव दिएका छन्।
नयाँ प्रहरी प्रमुख चयन हुन एक साता समय मात्रै बाँकी रहँदा उनले वरियतामा अगाडि रहेका चार डिआइजी नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई आइतबार आफ्नो सचिवालयमा बोलाएर एक अर्कामाथि हिलो छ्यापेर मिडियाबाजी नगर्न सुझाव दिएका हुन्।
३० वर्षीय सेवा अवधिका कारण विक्रम संवत् २०४३ ब्याचका अर्यालसहित अहिले एआइजी पदमा रहेका सबैले अवकास पाउँदैछन्। ४३ ब्याचका सबै प्रहरी अधिकारीको अवकाशपछि २०४४ चैत २९ मा प्रहरी सेवामा प्रवेश गरेर डिआइजी पदमा पुगेकामध्येबाट सरकारले आइजीपी नियुक्त गर्नेछ।
नेपाल प्रहरीमा हाल डिआइजीको संख्या ३४ छ। नियमावली अनुसार प्राविधिक समूह बाहेकका सबै डिआइजी आइजिपीको लागि योग्य हुन्। बढुवामा जेष्ठता समेत आधार भएकाले नेपाल प्रहरीको भावी नेतृत्वको सूचीमा रहेका सिलवाल, अर्याल, चन्द र भण्डारी अगाडि छन्।
यी २०४४ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् भने सबै एकै दिन २०६९ वैशाख १ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका हुन्। सरकारले अन्य बुँदालाई आधार नबनाए प्रहरीको भावी नेतृत्वमा यी चारमध्ये एक चयन हुनेछन्।
आइजिपी नियुक्तिको दिन जति नजिक आउँदैछ, आफ्नो पक्षमा माहौल बनाउन दौड बढ्दो छ। कसलाई आइजिपी नियुक्ति गर्ने निर्णय गर्ने सत्ताधारी दल र निर्णयमा प्रभाव पार्नसक्ने सहायक शक्ति केन्द्रमा आफ्नो दावेदारी प्रस्तुत गर्ने र निर्णय आफ्नो पक्षमा ल्याउने अभ्यास जारी छ।
सँगसँगै आफ्नो पक्षमा माहौल बनाउन विशेषत अनलाइन न्युजपोर्टलमार्फत् आफू अनुकूल समाचार सम्प्रेषण गराउने क्रम पनि उस्तै छ।
पछिल्लो समय सार्वजनिक भएका समाचारप्रति असन्तुष्टि जनाउँदै अर्यालले चारै जनालाई सुझाव दिन शनिबार आफ्नो सचिवालयमा बोलाए। छलफल पक्ष-विपक्षमा भइरहेको ‘मिडियाबाजी’ मै केन्द्रित थियो।
करिब २० मिनेटको बसाइमा उनले संगठन भित्रैबाट संगठन प्रमुख चयन भए पनि एक प्रकारको राजनीतिक नियुक्ति नै भएकाले सम्बन्धित ब्यक्तिहरुलाई भेटेर पदीय मर्यादामा बसेर सालिन ढंगले आफ्नो कुरा राख्नुलाई आफूले अन्यथा रुपमा नलिने बताए। तर सार्वजनिक रुपमै हिलो छ्यापाछ्याप नगर्न उनले आग्रह गरे।
प्रतिष्पर्धीमध्ये एक जना आइजी बने पनि अन्य स‌ंगठनमा महत्वपूर्ण पदमै रहने र संगठन एक ब्यक्तिले भन्दा सामूहिक नेतृत्वमा मात्रै चल्न सक्ने भएकाले प्रतिष्पर्धामै एकले अर्कालाई बदनाम गराउने, अपहेलित गराउने, एकले अर्काको सामाजिक र पारिवारिक प्रतिष्ठामा आघात पुर्‍याउने काम नगर्न सुझाव दिएका थिए।
‘आइजीपी संगठनले बनाउने हैन, यो एक प्रकारको राजनीतिक नियुक्ति नै हो,’ अर्यालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ‘राजनीतिक नियुक्ति भएकाले नेताहरुसँग भेट्नुलाई मैले अन्यथा लिएको छैन, तर हामी ब्यक्ति मात्रै हौ, स‌गठन हैनौ, संगठनलाई नै आधात पर्ने गरि हिलो छ्यापाछ्याप नगर्नुस्।’
अर्यालले सुझाव दिँदा चारै जना डिआइजी मौन बसेका थिए। उनको सुझावप्रति कसैले पनि प्रतिकृया जनाएनन्।
पहिलोपोस्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर