पूर्वाञ्चल खबर

सेठियाले अहिलेसम्म मनोज र पराजुली कम्पनीको मात्र बेच्न पाउने अनुमति लिएका हुन् । पश्चिम पर्सा जिल्लामा रहेको मनोज ग्यास उद्योग प्रालिको स्वीकृत लिएर सञ्चालक सेठियाले लामो समयदेखि अनाधिकृत रूपमा मोरङ र झापाका आधा दर्जन कम्पनीको ग्यास विक्री वितरण गर्दै आएका थिए ।
विराटनगरमा आउन पाँच वर्षदेखि बन्द भएको मनोज ग्यास उद्योगको स्वीकृत लिएर अनाधिकृत रुपमा सेठियाले कोशी, मेची, सुविधा, रिजाल, प्रिज्मा, भेरीलगायतको ग्यास सिलिण्डर बिक्री वितरण गरेको पाइएको हो । प्रहरीले छापा हानेर सेठियाको डिर्लसबाट कोशी ग्यासको ३५ थान, प्रिज्माको १५ थान, मेची २, सुविधाको २, पाथिभराको २, रिजाल, भेरीको १/१ थान ग्यास सिलेण्डर बरामद गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
बरामद गरेको ग्यास सिलिण्डर र सञ्चालक सेठियालाई प्रहरीले पक्राउ गरि मोरङ प्रहरी कार्यालयमा राखेको छ । प्रहरीले कालोबजारी ऐन अन्र्तगत कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी सुरु गरेको छ ।