AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आरती स्ट्रिप्सले ‘ग्यालभोलुम रंगिन र सादा कर्कट जस्तापाता’ बजारमा ल्याउँदै,

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ माघ २०७७, बिहीबार १७:५०
2.39k
Shares
विराटनगर/ बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिले अत्याधुनिक ‘ग्यालभोलुम रंगिन र सादा कर्कट जस्तापाता’ को उत्पादन सुरू गर्ने भएको छ । आउँदो वैशाखदेखि कम्पनीले उक्त नामको जस्तापाता उत्पादन गरि बजारमा ल्याउने भएको हो ।

यसअघि आरती स्ट्रिप्सले जिङक कोटेड र कर्कट पाता २ लाइनबाट उत्पादन गर्दै आएको थियो । अहिले नयाँ उत्पादन गर्न लागेको ‘ग्यालभोलुम रंगिन र सादा कर्कट जस्तापाता’ टिकाउमा साधारण जस्तापाता भन्दा ४ गुणा बढी हुने कम्पनीको दाबी छ । ‘बजारमा आउन लागेको ‘ग्यालभोलुम रंगिन र सादा कर्कट जस्तापाता’ अत्याधुनिक हो,’ आरती स्ट्रिप्स प्रालिका प्रशासन प्रमुख दिवस नेपालले भने, ‘यो कर्कट जस्तापाता चम्कीलो र नेपालको हावापानीमा सुहाउँदो छ ।’ यसको लागि कम्पनीले चैत महिना भित्रमा ‘सीआर रोल’ मिल पनि संचालनको तयारीमा रहेको छ ।

सीआर मिल संचालनमा आएपछि जस्तापाताको लागि आवश्यक पर्ने कच्चापद्धार्थ स्वदेशमा उत्पान हुने कम्पनीको भनाइ छ । ‘आरतीले ल्याउन लागेको ग्यालभोलुमको नेपालमा पहिलो प्लान्ट हो,’ प्रशासन प्रमुख नेपालले भने, ‘ग्यालभोलुम कर्कट जस्तापाता विभिन्न रंगहरुमा आकर्षक डिजाइनमा आउनेछ ।’ यसले घरलाई सुन्दरता प्रदान गर्नुको साथै ठूला कलकारखाना बनाउन, घरको सिलिंग लगाउन तथा घरको छानामा बुहउपयोगी हुनेछ । ‘ग्यालभोलुम रंगिन र सादा कर्कट जस्तापाता’ वार्षिक ३० हजार मेक्ट्रिन उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

करिब १७ बिघा क्षेत्रफलमा फैलिएको बहुराष्ट्रिय कम्पनीले अहिले जिङक कोटेड जस्तापाता र कर्कट पाता २ लाइनको वार्षिक ५० हजार मेक्ट्रिकटन उत्पादन गर्दै आएको छ । सन् २०१४ देखि कालो पाइपको पनि उत्पादन गर्दै आएको छ । पाइप उत्पादनको मिल राखेपछि वार्षिक ४० हजार टन वार्षिक उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर